काठमाडौं । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दुई केन्द्रीय सदस्यलाई कारबाही गरेको छ ।
केन्द्रीय सदस्यद्वय उदयबहादुर चलाउने 'दीपक' र गुणराज लोहनीलाई कारबाही गरिएको हो ।
सचिवालय बैठकले उनीहरूलाई पार्टी जिम्मेवारीबाट मुक्त गरेको प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
पार्टी फुटाउने, जनक्रान्ति विसर्जन गर्ने कार्य गरेको आरोपसहित नेपाल कम्युनिष्ट पार्टीले दुई केन्द्रीय सदस्यको जिम्मेवारी खोसेको हो ।
यसअघि गत वैशाख १४ मा विप्लवले हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलालाई जिम्मेवारीबाट हटाएका थिए।