Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस नेता निधिले जनकपुरको सभा बहिस्कार गर्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले चुनावी सभाका लागि निर्वाचन परिचालन समितिले बनाएको सूचिप्रति आपत्ति जनाएका छन् ।

समितिले देशका विभिन्न स्थानमा हुने चुनावी सभामा सहभागी हुने शीर्ष तहका नेताहरु परिचालन नाम सार्वजनिक गरेको सूचिमा निधिको नाम कहिं पनि उल्लेख नभएपछि उनले आपत्ति जनाएका हुन् ।

उनको २४ वैशाख धनुषामा हुने चुनावी सभामा पनि नाम समावेश नभएपछि त्यो सभालाई बहिस्कार गर्ने भएका छन् ।

'पार्टीले बनाएको नेताको लिष्टमा उहाँको नाम नै छैन पर्सि धनुषामा उहाँ आउनुहुन्न’ धनुषा कांग्रेसले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077