Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाँच वर्षमा टाउको झुकाउन नपर्ने गरी भरतपुरलाई गर्व गर्ने ठाउँमा पुर्‍याएका छौं- रेनु दाहाल

चितवन । नेकपा माओवादी केन्द्रबाट भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेकी रेनु दाहालले भरतपुरमा गर्व गर्न सकिने काम गरेको बताएकी छन् ।

सत्तारुढ गठबन्धनले भरतपुरमा आयोजना गरेको आमसभामा सम्बोधन गर्दै  रेनुले पाँच वर्षको अवधिमा विपक्षीहरुका अगाडि शीर झुकाउनु नपर्ने गरी काम गरेको बताएकी हुन् ।

उनले भनिन्, ‘पाँच वर्षमा टाउको झुकाउन नपर्ने गरी, प्रतिपक्षको आँखा जुधाएर कुरा गर्न सक्ने भएका छौं, भरतपुरलाई गर्व गर्ने ठाउँमा पुर्‍याएका छौं ।’

उनले पुनः निर्वाचित भए महानगरमा सुरु गरेको गौरवका आयोजना पूरा गर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077