Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरतपुर पुगेर कलाकार सन्दीप क्षेत्रीले प्रचण्डलाई भने- तपाईँले गज्जबको छोरी पाउनुभएको छ

भरतपुर । चर्चित हास्य कलाकार सन्दीप क्षेत्री भरतपुर महानगरपालिकामा गठबन्धन उम्मेदवार रेनु दाहालको पक्षमा बोलेका छन् ।

गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभामा सम्बोधन गर्दै क्षेत्रीले आफू कुनै पार्टीको सदस्य नभए पनि भरतपुरमा रेणुको जितको कामना गर्ने बताए ।

‘म कुनै झण्डाको मान्छे होइन, कुनै पार्टीको मान्छे होइन । तपाईँको कामबाट प्रभावित भएर आएको हुँ । तपाईँलाई मेरो कुल, मेरो इष्टको आशीर्वाद लागोस्’, क्षेत्रीले भने ।

उनले भरतपुरको सभामा आउनुअघि आफ्नी आमालाई सोधेको र रेनुको पक्षमा बोल्दा फरक पर्दैन भनेकोले सभामा उपस्थित भएको बताए ।

‘अब तपाई यो पार्टीको अध्यक्षको हैसियतले चिन्तित हुनुहुन्छ भने स्वाभाविक छ तर छोरीका हिसाबले चिन्ता नगर्नुस् । तपाईँले गज्जबको छोरी पाउनुभएको छ’, क्षेत्रीले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077