Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कुनै दलसँग डराएर गठबन्धन गरेका होइनौँ, देशको हित र संविधानको रक्षाका लागि हो : विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशको हित र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको बताएका छन् । उनले कुनै दलसँग डराएर गठबन्धन दलबीच तालमेल नभएको स्पष्ट पारेका हुन् ।

कांग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनले बिहीवार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेता शर्माले समाजको हितलाई सम्झेर पालिका चुनावमा मतदान गर्न आग्रह गरे ।

‘मतदान गर्दा आफू, परिवार, समाज र नगरको हितलाई केन्द्रमा राखौँ, योग्य उम्मेदवारलाई नगरको साँचो सुम्पिऔँ’, उनले भने ।

कार्यक्रममा माओवादी केन्द्रका नेता एवम् लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले स्थानीय सरकारको अनुभूतिका लागि गठबन्धन बनाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077