काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ४८ घण्टा अगाडिदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।
यसका लागि आयोगले नेपाल सरकारलाई पत्र लेखी पठाएको छ ।
आयोगको बिहीबारको बैठकले वैशाख २७ गते मंगलबार राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न सरकारलाई आग्रह गरेको छ ।
यस्तै मतदान हुने दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्न सरकारलाई लेखि पठाउने निर्णय गरको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।