Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • स्थानीय तह निर्वाचन

    मतदानका दिन सवारीसाधन गुडाउने अनुमति कसरी लिने ?

    मतदानका दिन सवारीसाधन गुडाउने अनुमति कसरी लिने ?

    अनलाइन नेपाल
  • शुक्रबार, २३ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडाैं । ३० वैशाखमा तय भएकाे स्थानीय तहकाे निर्वाचनका दिन सार्वजनिक बिदा हुने छ भने सार्वजनिक यातायात पनि चल्दैन । यस्ताेबेला अत्यावश्यक सेवाका सवारीसाधन कसरी चल्छन् ?

    निर्वाचन आयोगले ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९’ स्वीकृत गरेकाे छ ।



    आयाेगकाे बिहीबारकाे बैठकले स्वीकृत गरेकाे मापदण्डअनुसार अत्यावश्यक सेवासँगै उम्मेदवार वा उम्मेदवार निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारीसाधन चलाउन पाउँछन् ।



    सवारी साधान प्रयोग गर्ने अनुमतिपत्र आयोगले, मुख्य निर्वाचन अधिकृत वा निर्वाचत अधिकृत तथा प्रमुख जिल्ला अधिकारीले तोकिएको ढाँचामा जारी गर्नेछन् । तर, काठमाडाैंकाे हकमा निर्वाचन आयाेगमा एकीकृत डेस्क खडा गरिने भएकाे छ ।

    सवारीसाधनको अनुमतिका लागि २८ वैशाखसम्ममा निवेदन दिइसक्नुपर्नेछ । तर, विदेशी नम्बर प्लेट भएको सवारी साधन प्रयोगकाे अनुमति पाउने छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार