Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • स्थानीय तह कर्मचारी संघको पाँचौं अधिवेशनः अध्यक्षमा शर्मा, महासचिव बराल

    स्थानीय तह कर्मचारी संघको पाँचौं अधिवेशनः अध्यक्षमा शर्मा, महासचिव बराल

    अनलाइन नेपाल
  • आइतबार, १४ माघ २०८०
  • 417
    SHARES

    काठमाडौं । स्थानीय तह कर्मचारी संघ नेपालको पाँचौं राष्ट्रिय अधिवेशनले ६७ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।

    संघको अधिवेशनले सर्वसम्मतरुपमा नारायणप्रसाद शर्माको अध्यक्षतामा केन्द्रीय समिति चयन गरेको हो ।



    नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशनले शम्भु बराललाई महासचिवमा चयन गरेको छ ।



    अधिवेशनबाट उपाध्यक्ष (खुल्ला)मा जानुका श्रेष्ठ, उपाध्यक्ष महिलामा सृजना लामिछाने चयन भएका छन् ।

    त्यसैगरी प्रदेशतर्फबाट उपाध्यक्ष चयन हुनेहरुमा चन्द्रबहादुर बस्नेत कोशी, नवराज खड्का मधेश, विदुर गौतम बागमती, महेन्द्रबहादुर गोदार गण्डकी, दिलबहादुर शाही कर्णाली, करणसिंह धामी सुदूरपश्चिम छन् ।

    त्यस्तै विष्णुबहादुर पौडेल र रुद्रनाथ आचार्य उपमहासचिवमा चयन भएका छन् । तीन सचिवमा रेशम जीसी, बबिन्द्रलाल माझी र मन्दिरा श्रेष्ठ चयन भएका छन् । अधिवेशनले कोषाध्यक्षको जिम्मेवारी कुवेर केसीले पाएका छन् ।

    अधिवेशनमा जनबर्गीय संगठन इंचार्ज भानुभक्त ढकाल, पेशागत महासंघ नेपालका अध्यक्ष पुण्य ढकाल, उपाध्यक्ष एवं निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन अध्यक्ष भोलानाथ पोखरेल, पेशागत महासंघ नेपालका महासचिव केदारप्रसाद देवकोटा, संघका पूर्वअध्यक्ष हरिकुमार श्रेष्ठ पनि अतिथि थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार