Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • आज बैशाख २४ गते शनिवार, यस्तो छ तपाईंको राशिफल

    आज बैशाख २४ गते शनिवार, यस्तो छ तपाईंको राशिफल

    अनलाइन नेपाल
  • शनिबार, २४ बैशाख २०७९
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । आज २०७९ बैशाख २४ गते शनिवारको राशिफल ।

    मेष



    आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बढ्नेछ, तर आज झुट बोल्न बाध्य पनि भइएला ।



    मिथुन

    आज पुनर्मिलनको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अधुरो काम पूरा हुनेछ ।

    सिंह

    महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सरकारी निकायको भय र राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यप्रति पनि सजग रहनु होला ।

    तुला

    बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योग छ ।

    धनु

    आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्यमा समस्या आउन सक्छ सचेत रहनुहोला । कुनै कुराले चित्त पनि दुख्न सक्छ ।

    कुम्भ

    समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

    बृष

    आज कूटनीतिक नियोगको सहयोग मिल्ला । आफूले गरेको कार्यमा सफलता पाइनेछ, शेयर बजारबाट पनि राम्रै लाभ मिल्न सक्छ ।

    कर्कट

    सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

    कन्या

    आँटेको र ताकेको कार्य पुरा होला । नयाँ कार्यको योजना बन्नेछ । अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । छोटो यात्राको योग पनि छ ।

    बृश्चिक

    आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ हुनेछ । प्रेमीको साथ र सहयोग पाइनेछ ।

    मकर

    आज सामाजिक कार्यमा मन जाला । मनपरेको खानेकुराका परिकार खान पाइनेछ । आत्मबल बढाएर काम गरेमा बढी सफलता ।

    मीन

    जोशजाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । शैक्षिक क्षेत्रबाट सफलता मिल्ला , तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार