Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विप्लव नेतृत्वको नेकपा फुट्यो, धर्मेन्द्रको नेतृत्वमा नयाँ पार्टी गठन

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा विभाजित भएर नयाँ पार्टी घोषणा गरिएको छ । केही समययता एक अर्कामाथि कारवाही श्रृङ्खला चलेको सो पार्टी शुक्रबार औपचारिक रुपमै विभाजित भएको हो ।

चितवनमा भएको धर्मेन्द्र बास्तोला समूहको राष्ट्रिय भेलाबाट नेकपा (बहुमत) गठनको घोषणा गरिएको छ । नेता धर्मेन्द्र बास्तोलाको नेतृत्वमा ८१ जनाको महाधिवेशन आयोजक समिति गठन गरिएको बताइएको छ ।

राष्ट्रिय भेलाले एकीकृत जनक्रान्तिको कार्यदिशा खारेज गरेको छ भने वैज्ञानिक समाजवादी क्रान्ति भनेर नयाँ कार्यदिशा तय गरिएको छ ।

नयाँ पार्टीमा विप्लव समूहबाट छुट्टिएर २५ जना भन्दा बढी केन्द्रीय सदस्य आफूहरुतिर आएको बास्तोला समूहले दाबी गरेको छ । चुनावमा भाग लिने विषयमा विप्लव र धर्मेन्द्र पक्षबीच विवाद हुँदा पार्टी विभाजनसम्मको अवस्थामा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077