Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वप्रकाश शर्मा भन्छन्-'कांग्रेसको अवस्था देशभर राम्रो छ, बहुमत ल्याउँछौं'

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पालिका चुनावमा कांग्रेसले देशभर बहुमत ल्याउने दाबीगरेका छन् ।

लिखु गाउँपालिकामा शुक्रवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आगामी वैशाख ३० को चुनावमा कांग्रेसका कुनै उम्मेदवार पराजित नहुने दाबी गरेका हुन् ।

देशभरको जनलहर कांग्रेसको पक्षमा रहेको दाबी गर्दै महामन्त्री शर्माले पार्टी एकताबद्ध हुनु र गठबन्धन गरिनुले कांग्रेसका उम्मेदवार सबै विजयी हुने आधार प्रस्तुत गरे ।

देशभरका सात सय ५३ पालिकामध्ये ६ सय ३४ मा कांग्रेसले प्रमुख पदमा उम्मेदवार उठाएको उनले बताए । बाँकी एकसय १९ ठाउँ गठबन्धनका अन्य दललाई दिएर देशभर कांग्रेसले उनीहरूको साथ लिएको शर्माको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077