Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१६ वर्षीय किशोरीलाई बाँसघारीमा जवर्जस्ती करणी गरेको अभियोगमा २३ वर्षीय युवक पक्राउ

उदयपुर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका–४ कटारी बस्ने २३ वर्षीय रविन मगर रहेका छन् ।

मगरले ती किशोरीलाई सोही नगरपालिका–४ स्थित बाँसको झ्याङमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मगर शुक्रबार दिउँसो पक्राउ परेका हुन् । पक्राउ परेका मगरमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077