Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मतपत्रमा सिसाकलमले हस्ताक्षर गर्न नपाइने, कलम वा डटपेन प्रयोग गर्न निर्देशन

काठमाडौं । यही ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर गर्दा सिसाकलमको प्रयोग गर्न नपाउने भएका छन् ।

सिसाकलमले हस्ताक्षर गर्दा छिट्टै मेटिन सक्ने खतरा रहने भएकोले डटपेनलगायत कलमले सही गर्न भनिएको हो ।

मतपत्रमा मतदान अधिकृतले हस्ताक्षर गर्दा सिसाकलमबाहेक कालो, रातो, नीलो वा हरियोमध्ये कुनै पनि मसी भएको कलम वा डटपेन प्रयोग गर्न पाउने निर्वाचन आयोगले जनाएको छ।

यसैबीच, सरकारले चुनावमा हरेक मतदान केन्द्रमा एक स्वास्थ्यकर्मी खटाउने भएको छ ।

मतदानस्थलमा हुने भिडभाडका कारण कोभिड सङ्क्रमण बढ्ने जोखिम रहेकाले स्वास्थ्य मापदण्ड पालना गराउन स्वास्थ्यकर्मी परिचालन गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077