Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बुटवलमा गठबन्धनले गरेकै स्थानमा आज एमालेले शक्ति प्रदर्शन गर्दै, ओलीले सम्बोधन गर्ने

काठमाडौं । बुटवलमा नेकपा एमालेले आज शक्ति प्रदर्शन गर्ने भएको छ । एमालेले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित शक्ति प्रदर्शन गर्न लागेको हो ।

सत्ता गठबन्धनले शनिबार गरेको सभास्थलमै एमालले पनि आमसभा गर्ने तयारी गरेको छ । बुटवल ११ देविनगरस्थीत वाणिज्य क्याम्पसको प्रागणमा सभाको आयोजना गरिएको बताइएको छ ।

उक्त सभामा एमाले अध्यक्ष तथा पुर्व प्रधानन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभा मध्यान्न १२ बजेदेखि शुरु हुनेछ ।

शक्ति प्रर्दशनका रुपमा लिएको सभामा गठबन्धन भन्दा बढी सहभागि देखाउने भन्दै एमाल तयारीमा जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077