Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

५ पत्रकार संगठनलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौँ । सत्तारुढ गठबन्धनमा रहेका दलहरू निकट पत्रकार संगठनहरूसँग निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलेका अनुसार नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाल, नेपाल प्रेस मञ्च र प्रगतिशील पत्रकार संघलाई २४ घण्टाभित्र विज्ञप्ति हटाएर प्रष्टीकरण बुझाउन निर्देशन दिइएको हो ।

गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्नका लागि गठबन्धनमा आबद्ध दल निकट पत्रकारका संगठनले शनिबार विज्ञप्ति निकालेर आग्रह गरेका थिए ।

पत्रकारका पाँच संगठनले जारी गरेको विज्ञप्तिले आयोगको ध्यानाकर्षण भएर स्पष्टीकरणसहित निर्देशन दिइएको प्रवक्ता पौडेलले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077