Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्डको अभिव्यक्तिप्रति निर्वाचन आयोगले छानबिन सुरु गर्यो

काठमाडौं । भरतपुर पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिप्रति निर्वाचन आयोगले जाँचबुझ थालेको छ ।

प्रचण्डको महानगरपालिकामा रेनु दाहाल निर्वाचित नभए देश दुर्घटनामा जान्छ भन्ने भनाइबारे प्रमुख प्रतिपक्षी दल एमालेले प्रश्न उठाउनुका साथै उजुरीसमेत परेपछि आयोगले आन्तरिक रुपमा छानविन थालेको हो ।

‘आफ्नो दलको उम्मेदवार निर्वाचित नभए देश दुर्घटनामा जान्छ भन्ने अभिव्यक्ति प्रत्यक्षरपरोक्ष रुपमा धम्की हो भन्ने देखिन्छ । मतदाताहरुलाई यसरी धम्क्याउनु आचारसंहिता विपरीत हो भनेर उजुरी परेको छ’ आयोगस्रोतले भन्यो, ‘हाम्रो टोलीले प्रमाण जुटाई अनुसन्धान थालेको छ । सरसर्ती हेर्दा यस्तो अभिव्यक्ति स्वभाविक देखिँदैन । अध्ययन गरेर बेलुकीसम्म केही निष्कर्षमा पुग्छौं ।’

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077