Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

भरतपुर पुगेर प्रचण्डलाई ओलीको झटारो- २० वर्षसम्म छोरी बोक, ज्वाइँ बोक, भाइ बोक, भतिजो बोक !

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनको भरतपुरमा नेपाली कांग्रेसका कार्यकर्ताले कसरी मन थामेर बसेका होलान् भनी प्रश्न गरेका छन् ।

आइतबार चितवनको भरतपुरमा आयोजित आमसभामा सम्बोधन गर्दै ओलीले कांग्रेसका कार्यकर्ताप्रति आफ्नो सहानुभूति रहेको बताए ।

५ वर्षअघि प्रचण्डकी छोरी रेनुलाई मतदान गरेर मेयर बनाएका कांग्रेस कार्यकर्ता यस वर्ष पनि मतदान गर्न बाध्य भएका ओलीले टिप्पणी गरे ।

प्रचण्डले चितवनमा केही दिनअघि सत्तारुढ गठबन्धनले गरेको आमसभामा मेयरमा रेनु दाहाललाई जिताएमा आफू खुशी हुने र गठबन्धन १५–२० वर्ष टिक्ने बताएका थिए । त्यसप्रति टिप्पणी गर्दै ओलीले २० वर्ष गठबन्धन टिकाए कांग्रेसलाई नै घाटा हुने बताए । ‘२० वर्षसम्म छोरी बोक, ज्वाइँ बोक, भाइ बोक, भतिजो बोक’ उनले भने ।

अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको धम्क्याउने बानी अझै नगएको बताएका छन् ।

‘धम्क्याउने बानी अहिलेसम्म गएनछ, धम्क्याइ आएकाहरु धम्क्याएर खाएकाहरुको अहिलेसम्म बानी गएनछ’ उनले भने, ‘जनताले बुझिसकेछन् धम्कीको काम छैन । कसैले धम्क्याएर दुर्घटना हुँदैन । दुर्घटना होइन, घटना हुन्छ, गठबन्धनले नराम्रोसँग हार्छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077