Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

एमालेले नभएका कुरा प्रचार गर्‍याे : कांग्रेस प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नेकपा एमालेले नभएका कुरा प्रचार गरेकाे बताएका छन् ।

कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा महतले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसमाथि झुटो आरोप लगाएको बताए।

महतले एमालेले नभएको कुरालाई पनि प्रचार गर्ने गरेको आरोप लगाउँदै एमाले प्रचार गर्न सिपालु भएको टिप्पणी गरे ।

०७२ सालको भूकम्पमा कांग्रेसले नै महत्वपूर्ण भूमिका खेलेको उनले दाबी गरे । कोभिड–१९ को व्यवस्थापनमा पनि कांग्रेस नै अघि भएको उनले बताए ।

प्रवक्ता महतले कांग्रेसको नीति र कार्यक्रमको ब्याज एमालेले खाएको टिप्पणी समेत गरे ।

यसअघि आइतबार एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले कांग्रेसमाथि आरोप नै आरोप लगाएका थिए। जसको खण्डन गर्दै महतले झुटको पुलिन्दा भएको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077