Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

आरजुको आलोचना गर्दै ओलीले भने - पैसा नदिने के माइतबाट ल्याएको दाइजो हो ?

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस नेत्री आरजु देउवाको आलोचना गरेका छन् ।

सोमबार पोखरामा आयोजित आमसभामा बोल्दै उनले काँग्रेसलाई भोट नहाले एक पैसा पनि बजेट नदिने भनेर दिएको अभिव्यक्तिको आलोचना गरेका हुन् ।

बजेट कसैको खल्तीको नभएको भन्दै ओलीले राज्यको ढुकुटीको पैसामा मनपरी नगर्न चेतावनी दिए ।उनले भने ‘पैसा नदिने के माइतबाट ल्याएको दाइजो हो ? बाउबाट आएको अंश हो ?’

ओलीले काँग्रेसको नीति २–४ जनालाई मलेसिया पठाइदिने रहेछ भन्दै कटाक्ष पनि गरे । केही दिनअघि काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले २–४ जनालाई सित्तैमा मलेसिया पठाइदिन सकिन्छ भन्ने अभिव्यक्ति दिएपछि ओलीले यस्तो टिप्पणी गरेका हुन् । ‘काँग्रेसको नीति मलेसिया पठाइदिने रहेछ । भित्रभित्रै आफ्नै मेनपावर पनि होला’, उनले कटाक्ष गरे, ‘मलेसिया सलेसिया होइन, हामी देशभित्रै रोजगारी र तालिम दिन्छौँ । रोजगारी दिनेमात्रै होइन उद्यमी र व्यवसायीकरणमा पनि जोड दिन्छौँ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077