Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेठ १ देखि बैंकहरू पनि शनिबार र आइतबार बन्द

काठमाडौं । आगामी जेठ १ गतेदेखि बैंकहरू पनि सातामा दुई दिन बन्द हुने भएका छन् । सरकारले सातामा दुई दिन, शनिबार र आइतबार विदा दिने निर्णय गरेपछि बैंकहरू पनि सो दिन बन्द हुने भएका हुन् ।

नेपाल राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै सरकारी निर्णय बमोजिम वित्तीय क्षेत्र पनि दुई दिन बन्द गरिने निर्णय भएको र सोही निर्णय बमोजिम कार्य गर्न तथा गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो ।

तर, कार्यालय खुल्ला हुने दिन सोमबारदेखि शुक्रबारसम्म पाँच दिन भने बिहान ९ः३० देखि ४ः०० बजेसम्म नै बैंक खुल्ला राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

कात्तिक १६ देखि माघ १५ गतेसम्म भने यस्तो कार्यालय समय ९ः३० बजेदेखि ३ः३० बजेसम्म मात्र कायम हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077