Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • घरपझोङ गाउँपालिकामा २ मत अन्तरले कांग्रेसका लालचन विजयी

    घरपझोङ गाउँपालिकामा २ मत अन्तरले कांग्रेसका लालचन विजयी

    अनलाइन नेपाल
  • शनिबार, ३१ बैशाख २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । मुस्ताङको सदरमुकाम समेत रहेको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार मोहनसिंह लालचन विजयी भएका छन् ।

    एमालेका सञ्जयकुमार थकालीलाई २ मतको अन्तररले हराउँदै लालचन विजयी भएका हुन् । कांग्रेस उम्मेदवार लालचनले ७६० मत ल्याउँदा एमालेका थकालीले ७५८ मत मात्रै ल्याएका थिए ।



    उपाध्यक्षमा कांग्रेसकी जमुना थापामगरले ६९३ मतका साथ जित हाँसिल गरिन् भने उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी मिमकुमारी शेरचनले ६५८ मत पाइन् ।



    घरपझोङ गाउँपालिकामा १३ र ५ नम्बर वडाका वडाध्यक्ष यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । तर, ३ नम्बर वडामा एमालेका खलेन्द्रप्रसाद थकाली र वडा नम्बर ४मा कांग्रेसका यमप्रसाद थकालीले जित हासिल गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार