Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गुल्मी दरबार गाउँपालिकामा कांग्रेसका सरोज कुमार थापा निवार्चित

काठमाडौं । गुल्मीको गुल्मी दरबार गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका सरोज कुमार थापा विजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर भुषाललाई हराउँदै थापा ६ हजार १६६ मतसहित निवार्चित भएका हुन् । भुषालले ५ हजार ६०२ मत प्राप्त गरेका छन् ।

पालिका उपाध्यक्षमा पनि कांग्रेसकै तारा थापा ढेगा ६ हजार २७७ मतसहित निवार्चित भएकी छन् ।

निकटतम प्रतिस्पर्धी एमालेकी सुशिला पुनले ५५०० मत प्राप्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077