Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकामा फेरि गोलीकाण्ड : एक जनाको मृत्यु, चार घाइते

एजेन्सी । लस एन्जलस नजिकैको एउटा चर्चमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ ।

भने चार जना गम्भीर घाइते भएका छन् । न्युयोर्कको एउटा सुपर मार्केटमा भएको बन्दुक हमलाको भोलीपल्ट चर्चमा आक्रमण भएको हो ।

सो आक्रमणमा १० जना मारिएका थिए । ‘चर्च हमलामा चार जना गम्भीर घाइते भएका छन्’, ओरेन्ज काउन्टी सेरिफ विभागले भनेको छ । घाइते एक जनाको घटनास्थलमै मृत्यु भएको विभागले जनाएको छ ।

घाइतेहरू सबै जना वयस्क भएको प्राप्त विवरणहरूमा जनाइएको छ । आक्रमणमा संलग्न रहेको आशंकामा एक शंकास्पद पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077