Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • स्थानीय तह निर्वाचन : २३५ स्थानकाे नतिजा सार्वजनिक, कुन दलले कति जिते ?

    स्थानीय तह निर्वाचन : २३५ स्थानकाे नतिजा सार्वजनिक, कुन दलले कति जिते ?

    अनलाइन नेपाल
  • मंगलबार, ३ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । मंगलबार बिहान ६ बजेसम्ममा २३५ पालिकाको नतिजा आएको निर्वाचन आयोगले जनाएको छ ।

    अहिलेसम्म निर्विरोध निर्वाचितसमेत गरी नेपाली कांग्रेसले १०८, नेकपा एमालेले ६३, नेकपा माओवादी केन्द्रले ५१, नेकपा एकीकृत समाजवादीले ४ र जनता समाजवादी पार्टीले २ स्थानमा जितेका छन् । 



    मंगलबार ६ बजेको परिणामअनुसार कांग्रेसले २०७ स्थानमा अग्रता लिएको छ भने एमालेले १२० स्थानमा अग्रता लिएको छ । त्यस्तै, माओवादी केन्द्रले ६७, नेकपा एकीकृत समाजवादीले ९, र जसपाले ७ स्थानमा अग्रता बनाएका छन् । एकीकृत समाजवादी १८, जनता समाजवादी पार्टी २७, लोकतान्त्रिक समाजवादी पार्टी ११ र अन्य २१ ठाउँमा अगाडि छन् ।



    उपप्रमुख/उपाध्यक्ष तर्फ कांग्रेसले १०५, एमाले ६४, माओवादी ४७, एकीकृत समाजवादीले ९ स्थानमा जितेका छन् । यस्तै जसपा ३ र अन्य ४ स्थानमा अगाडि रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार