Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पोखरामा नेकपा समाजवादीका धनराज आचार्यले बढाए मतान्तर

कास्की । पोखरा महानगरपालिकाको प्रमुखमा नेकपा समाजवादीका उम्मेदवार धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् ।

पोखराको २८ हजार १ सय ६० मत गणना भइसकेको छ । जसमा गठबन्धनका तर्फबाट नेकपा समाजवादीका मेयरका उम्मेदवार धनराज आचार्यले ११,८१२ मत प्राप्त गरेका छन् ।

आचार्यका प्रतिस्पर्धी एमालेका कृष्ण थापाले १०,०६२ मत प्राप्त गरेका छन् । आचार्यले थापा भन्दा १७५० मत बढी पाएका छन् । सुरुवातदेखि नै अग्रता हासिल गरेका आचार्यले निरन्तर मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

पोखराको उपमेयरमा गठबन्धनकी कोपिला रानाभाटले अग्रता लिएकी छन् । उनले १२१३० मत पाएकी छन् भने एमालेकी मन्जु गुरुङले ११४८३ मत ल्याएकी छन् । उपमेयरमा गुरुङभन्दा रानाभाट ६४७ मतले अघि छिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077