Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पोखरा महानगरपालिका–१३ को वडा अध्यक्षमा किरण बराल निर्वाचित

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–१३ को वडाअध्यक्षमा नेपाली कांग्रेसका किरण बराल विजयी भएका छन् । वडामा बरालको प्यानलै विजयी भएको हो ।

बरालले २ हजार ९ सय ४० मत प्राप्त गरी वडाअध्यक्षमा निर्वाचित भएका हुन् । बरालका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बसन्तराज बरालले २ हजार २ सय ३४ मत मात्र प्राप्त गरे ।

निर्वाचित बराल प्यानलका महिला सदस्य सचिव तामाङले २ हजार ५ सय ४३, दलित महिला सदस्य रजनी परियारले २ हजार ६ सय २८ खुला सदस्यमध्ये एकले २ हजार ४ सय ७० र अर्का सदस्यले २ हजार ४ सय २० मत प्राप्त गरी विजय भएका हुन् ।

निर्वाचित बराल अष्ट्रेलियामा आठ वर्ष बसेर आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077