Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका–४ घर भएका ३७ वर्षका प्रकाश रेग्मी छन् ।

उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा २०७९ जेठ ३ प्रकाश रेग्मीलाई १ दिन कैद र ९ लाख जरिवाना हुने फैसला गरेको थियो ।

बिहिबार उनलाई बुढानिलकण्ठबाट पक्राउ गरेर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको केन्द्रिय अनुसन्धान व्युरोका एसपी श्याम कुमार महतोले रातोपाटीलाई बताए ।

२०७६ कार्तिकमा उनले दिएको मुक्तिनाथ विकास बैंकको चेक बाउन्स भएपछि पीडितले प्रहरीमा उजुरी गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077