Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

महानगरको मेयरमा जित्ने आश अझै बाँकी रहेको सिर्जना सिंहको भनाई

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले महानगरको मेयरमा जित्ने आश अझै बाँकी नै रहेको बताएकी छन् ।

मतगणना स्थल राष्ट्रिय सभा भवन प्राङ्गणमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सिंहले महानगरको धेरै मत अझै गन्न बाँकी रहेकोले जित्ने आश रहेको बताएकी हुन् ।

‘मत भर्खरै ६० हजार मात्रै गणना भएको छ । अहिले नै जीत हार भइसकेको छैन । हामीले जित्ने वडाहरुमा मत आउँदै नआएका पनि होइन ।’ उनले भनिन्

सिंहले अपेक्षा गरेको जति मत नआएको संकेत गरेपनि यो विषयमा भने सबै मतगणना सकिसकेपछि मात्रै बोल्ने प्रतिक्रिया दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077