Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गराउन कांग्रेसको माग

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान गर्नुपर्ने माग गरेको छ । शुक्रबार पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पुनः मतदानको माग गरिएको हो ।

नगरका विभिन्न मतदान केन्द्रमा नेकपा ९एमाले०का कार्यकर्ताले आफ्ना उमेदवार र प्रतिनिधिहरूलाई आक्रमण गरेको तथा बुथ कब्जा गरी फर्जी मत हालेको कांग्रेसको दाबी छ । उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

‘भयरहित वातावरणमा स्वविवेकले मतदाता स्वयंले मतदान गर्न पाउने संवैधानिक अधिकारलाई चुनौती दिँदै एमालेका तर्फबाट सो नगरपालिकामा भएको बाहुबलको प्रयोग र बुथ कब्जाजस्तो अलोकतान्त्रिक कार्यको पार्टीले भर्त्सना गरेको’ छ ।

भयरहित वातावरणमा स्वविवेकले मतदाता स्वयंले मतदान गर्न पाउने संवैधानिक अधिकारलाई चुनौति दिँदै उक्त कार्य भएकाले पुनस् निर्वाचन गराउनुपर्ने माग कांग्रेसले गरेको छ।

निर्वाचनमा खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, विभिन्न राजनीतिक दलका उम्मेदवार तथा प्रतिनिधि र मतदातालाई सुरक्षित राख्नका लागि निषेधाज्ञा (कफ्र्यू) जारी गर्नु परेको घटनाले स्थिति निकै भयावह भएको दाबी कांग्रेसले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077