Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

व्यवस्थापकीय रूपमा गठबन्धन पूरै असफल, राजनीतिक रूपमा निकै सफल : सिटौला

काठमाडौं । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले चुनावी व्यवस्थापन पक्ष कमजोर रहँदा पनि कांग्रेसलाई प्राप्त नतिजा उपलब्धिमूलक भएको बताएका छन् ।

उनले एजेन्डा थाहै नपाई जनताले कांग्रेसलाई उत्साहजनक मत दिएको टिप्पणी गरे । पाँचदलीय गठबन्धन राजनीतिक रुपमा सफल भएको उनको विश्लेषण छ ।

‘व्यवस्थापकीय रूपमा गठबन्धन पूरै असफल । तर, राजनीतिक रूपमा निकै सफल भएको छ’ उनले भने,‘गठबन्धनले कांग्रेसलाई मात्र होइन सबै पार्टीलाई फाइदा पुगेको छ ।’

नेकपा एकीकृत समाजवादीको तल्लो तहसम्म संगठन नै नभएकाले आशातित सफलता प्राप्त हुन नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077