Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आजको मौसम : हावाहुरीसहित हल्का वर्षाको सम्भावना

    आजको मौसम : हावाहुरीसहित हल्का वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • शनिबार, ७ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज पनि देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पश्चिमी क्षेत्रमा र राति मध्य क्षेत्र तथा पहाडी भू–भागमा मेघगर्जन, चट्याङ्गसहित हावाहुरी चल्ने सम्भावना छ ।



    दिउँसो प्रदेश-१, वाग्मती, गण्डकी, मधेस र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । अहिले नेपालमा स्थानीय वायु, भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव रहेको छ ।



    यसको प्रभाव कायमै रहेकाले हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् शाक्यको भनाइ छ। अहिले पनि प्रदेश-एक, मधेस प्रदेशका केही ठाउँहरुमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार