Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युगान्डाविरुद्धको अन्तिम टी–२० सिरिजमा नेपाल ३३ रनले विजयी

काठमाडौं । युगान्डाविरुद्धको पाँचौ तथा अन्तिम टी–२० क्रिकेटमा नेपाल विजयी भएको छ ।

शनिबार त्रिवि मैदानमा नेपालको राष्ट्रिय महिला क्रिकेट टिमले सिरिजको अन्तिम खेलमा पाहुना टोली युगान्डालाई ३३ रनले पराजित गरेर नेपाल विजयी भएको हो ।

नेपालले दिएको एक सय २४ रनको लक्ष्य पछ्याएको युगाण्डाले २० ओभरमा ६ विकेट गुमाएर ९० रन मात्रै बनाउन सक्यो । युगाण्डाले यसअघि नै श्रृंखला जितेको छ ।

युगाण्डाले पहिलो, दोस्रो र तेस्रो खेल जितेको थियो । नेपालले हिजो भएको चौंथो खेलमा युगाण्डालाई १५ रनले हराएको थियो । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय महिला क्रिकेट टिमका लागि सिरिजको आयोजना गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077