Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विमान दुर्घटनामा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु

पेरिस । फ्रान्सको उच्च पहाडमा एउटा पर्यटक विमान दुर्घटना हुँदा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु भएको त्यहाँको उद्धार सेवाले जनाएको छ ।

शनिबार दिउँसो दक्षिणपूर्वी फ्रान्सको ग्रेनोबलनजिकै भर्साउड एयरफिल्डबाट उडान भरेको केही समयपछि दुर्घटना भएको थियो । विमानस्थलबाट दुर्घटनाग्रस्त क्षेत्र आधा घन्टाको दूरीमा पर्छ ।

विमानको जलेको भग्नावशेषमा चार वयस्क र एक बच्चाको शव फेला परेको दुर्घटनाका प्रत्यक्षदर्शीहरूले आपतकालीन सेवाहरूलाई जानकारी दिएका छन् । आगो निभाउन करिब ६० अग्नि नियन्त्रक परिचालन गरिएका थिए ।

दुर्घटनाबारे छानबिन सुरु हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077