Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कञ्चनपुरको कृष्णपुरको मेयर र उपमेयरमा कांग्रेस विजयी

    कञ्चनपुरको कृष्णपुरको मेयर र उपमेयरमा कांग्रेस विजयी

    अनलाइन नेपाल
  • आइतबार, ८ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका हेमराज ओझा र उपमेयरमा द्रोपती राना विजयी भएका हुन् ।

    मेयरमा निर्वाचित ओझाले १० हजार ४३४ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका जोगराज चौधरीले ८ हजार २ सय मत ल्याएर दोस्रो भए । नेकपा एमालेका लोकेन्द्रप्रसाद पन्तले ६ हजार ६ सय ७४ मत ल्याएर तेस्रो हुँदा नेकपा एकीकृत समाजवादीका सुरेन्द्रबहादुर बलमे ६ सय ७५ मत मात्रै प्राप्त गरे ।



    उपमेयरमा निर्वाचित कांग्रेसकी रानाले ९ हजार ६७५ मत ल्याइन् । नेकपा एमालेकी रमिता रानाले ७ हजार ३ सय १६ मत ल्याउँदा माओवादीकी गीता मल्लले ६ हजार ८ सय ५१ मत प्राप्त गरिन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार