Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौँ महानगर-२२ मा एमालेका महर्जन विजयी

काठमाडौं । काठमाडौँ महानगरपालिका–२२ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का चिनीकाजी महर्जन अध्यक्ष पदमा विजयी भएका छन् ।

महर्जनले नेपाली कांग्रेसका प्रतिस्पर्धी शालिग्राम तण्डुकारलाई ५८२ मतले पछि पार्दै अध्यक्ष पदमा विजयी भएका हुन् ।

महर्जनले दुई हजार ६० मत प्राप्त गर्दा तण्डुकारले एक हजार ४७८ मत प्राप्त गरेका छन् । त्यसैगरी वडा सदस्यमा कांग्रेसका उम्मेदवार अनिल हाडा र चन्द्रमान तुलाधर विजयी भएका हुन् ।

महिला सदस्यमा कांग्रेसको तर्फबाट ललिता खड्गी र दलित महिला सदस्यमा एमालेको गीता परियार यस अघिनै निर्विरोध निर्वाचित भइसकेका छन् ।

कामपामा हालसम्मा एक लाख ४५ हजार ३६२ मत गणना गर्दा पाँच हजार ६४३ मत बदर भएको मुख्य निर्वाचन अघिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077