Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पोखरामा रोकिएको मत गणना ७ घण्टापछि पुनः सूचारु

काठमाडौं । पोखरा महानगरपालिकामा मंगलबार दिउँसोदेखि स्थगित भएको मतगणना सात घण्टापछि पुनः सुरु भएको छ । पोखरा महानगरपालिका १८ मा खसेको मत र गणना भएको मतपत्र अपुग भएपछि मतगणना रोकिएको थियो ।

पोखरा १८ का एमालेका उम्मेदवारले पुनः मतगणनाको माग राखेपछि पोखरा २२, ३२ र ३३ को जारी मतगणना रोकिएको थियो । पोखरा १८ को निवेदनमा कार्यालय गम्भीर रहेको र यस विषयमा थप कारवाहीका लागि कार्यालय प्रतिवद्ध हुने सहमति पछि पुनः मतगणना सुचारु हुने भएको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराइले जानकारी दिए ।

केही समय मै मतगणना हुन बाँकी वडाको गणना सुरु हुने उनले बताए । अहिलेसम्म पोखराका १ लाख ३९ हजार ४ सय ११ मत गणना भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077