Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चुनाव पछि पहिलो पटक प्रतिक्रिया दिदैँ ओलीले भने- हामीले हार्नुको कारणनै अन्तर्घात हो

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावमा पराजयको प्रमुख कारण अन्तर्घात भएको बताएका छन् ।

एमाले संसदीय दलको बैठकमा बुधबार सम्बोधन गर्दै अध्यक्ष ओलीले यस पटकको चुनावमा अन्य दलमा नभई एमालेभित्र अन्तर्घात भएको बताएका हुन् ।

'कांग्रेस, मा‌‌ओवादी र माधवकुमार नेपालको पार्टीमा होइन यसपटक एमालेमा अन्तर्घात भयो । कहाँबाट सिके यस्तो यस विषयमा बृहत्‌रुपमा समीक्षा गरिनुपर्छ,' अध्यक्ष ओलीलाई उद्धृत गर्दै सांसद नवीना लामाले भनिन्, 'चार-चार वटा महानगरपालिकामा हामीले उपमेयरमा जित्यौं तर मेयर जित्न सकेनौं । यो अन्तर्घातको कारणले हो ।'

वैशाख ३० गते भएको स्थानीय तहको चुनावी परिणाम सार्वजनिक भएपछि अध्यक्ष ओलीले पहिलो पटक प्रतिक्रिया दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077