Jul 15 2026 | २०८३, आषाढ ३१ गते

15 Jul 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बुधवार, आषाढ ३१ गते २०८३
images
images

गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै कैलालीमा आन्दोलन, दबाब समुह गठन

कैलाली । कैलालीको प्रस्तावित गेटा मेडिकल कलेज लामो समयदेखि अनिर्णीत राखिएको र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत नसमेटिएको भन्दै कैलालीका स्थानीय आन्दोलित भएका छन् ।

सरकारप्रति आक्रोशित बनेका स्थानीयले गोदावरी नगरपालिका स्थित गेटा मेडिकल कलेज सञ्चालनका लागि गठित सङ्घर्ष समितिले दबाब कार्यक्रमकाको थालनी गरेका छन् ।

आधारभूत संरचना लगभग तयारी अवस्थामा रहे पनि त्यसलाई कसरी सञ्चालन गर्ने भन्ने कुनै योजना सरकारले नल्याएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका हुन् । सरकारसँग आक्रोशित अत्तरियामा स्थानीयले बुधबार अत्तरिया चोकमा केही समय चक्काजाम समेत गरेका छन् ।

त्यसै गरी धनगढीमा पनि प्रस्तावित गेटा मेडिकल कलेज सञ्चालनमा सरकारले तदारुकता नदेखाएको भन्दै स्थानीयले सङ्घर्ष समिति गठन गर्ने र आन्दोलन गर्ने तयारी गरिरहेका छन् । बुधबार धनगढीस्थित नागरिक समाज लगायत सामाजिक अभियानताहरूले तत्काल गेटमा बनेका भौतिक संरचनालाई सदुपयोग हुने गरी नीति ल्याइनु पर्ने माग समेत गरेका छन् ।

सरकारले डडेलधुरामा भने मेडिकल सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । तर, गेटा मेडिकल कलेज त्यसमा अटाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077