Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

रविन्द्र मिश्र भन्छन् - कविता, किताब लेखौँला, मन लागे सिनेमामा अभिनय गरुँला

काठमाडौं । साझा विवेकशील पार्टीका अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले अब सक्रिय राजनीति नगर्ने संकेत गरेका छन् ।

अध्यक्ष पदबाट राजीनामा दिएसँगै अब उनले के गर्लान् भन्ने प्रश्न र जिज्ञासा धेरै आउन थालेको भन्दै कविता लेखौँला, किताब लेखौँला, परोपकारी काम गरुँला र, मन लाग्यो भने सिनेमामा अभिनय पनि गरौँला भन्ने जवाफ फर्काएका छन् । सोचेअनुसार चुनावी परिणाम नआएपछि नैतिकताको आधारमा बुधवार मिश्रले राजीनामा दिएका थिए ।

राजीनामा दिएपछि अब तपाईं के गर्नुहुन्छ भनी धेरैले सोधिरहेको भन्दै मिश्रले त्यसको जवाफ बिहीवार फेसबूकमार्फत दिएका छन् । उनले आफूलाई भाग्यले कुनै गुनासो गर्ने ठाउँ नदिएको बताउँदै अब आफूलाई केही आवश्यक नभएको बताएका छन् ।

उनले मन लागेमा सिनेमामा खेल्ने समेत बताएका छन् । उनले लेखेका छन्,'कविता लेखौँला, किताब लेखौँला, परोपकारी काम गरुँला र, मन लाग्यो भने सिनेमामा अभिनय पनि गरौँला ।'

मिश्रले यसअघि भनेका छन्,'मेरो राजनीतिको प्रमुख उद्देश्य “देशको दूरगामी हित र दशकौंसम्म जसको नाममा राजनीति गरियो र जसलाई राजनीतिको लाभले कहिल्यै स्पर्श गर्न सकेन तिनलाई स्पर्श गर्नु” थियो। त्यो सफलता अहिलेसम्म हासिल भएको छैन। त्यसका लागि “विचारभन्दा माथि देश” लाई राख्नै पर्छ भन्ने मेरो मान्यता हो। त्यसैलाई शिरोधार्य गर्दै म प्रयासरत रहिरहने छु। बाँकी, उपरवाले की इच्छा ।'

फेसबूकमा उनले एक वाचासमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077