Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भोट खसाएको भोलिपल्ट जनतालाई मूल्यवृद्धिको डण्डाले हान्दिने : केपी ओली

काठमाडौँ । मूल्यवृद्धि गरेर सरकारले जनतालाई धोका भएको प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा नीति तथा कार्यक्रममाथि बोल्दै उनले चुनावसम्म पेट्रोलियम पदार्थमा विधिअनुसार चुनावका कारण मूल्य समायोजन नगरी चुनाव सकिएपछि हप्तामै दुई पटक मूल्यवृद्धि गरिएको बताए ।

मूल्य समायोजनको नीतिको सट्टा यसै महिनाको पहिलो हप्ता दुईपल्ट १०-१० रुपैयाँका दरले मूल्यवृद्धि गरिन्छ । एक हप्तामा दुई पटक, १ गते र ९ गते । एक हप्ताभित्र २ पल्ट मूल्यवृद्धि गरिन्छ,'उनले व्यंग्यात्मक शैलीमा सोधे, '१५-१५ दिनमा मूल्य समायोजन गर्ने नीति कहाँ गयो ? यो त जनतालाई धोका दिएको भयो । ३० गते भोट खसालुन्जेलसम्म चुप्प लागेर बस्ने, भोट खसाएको भोलिपल्ट मूल्यवृद्धिको डण्डाले हान्दिने जनतालाई रु त्यो पनि फेरि एक हप्ता नपुग्दै अर्को डण्डाले हान्दिने '"

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले हरेक क्षेत्रमा असर गर्ने ओलीको भनाइ थियो । उनले भने, 'प्रतिलिटर पेट्रोलियम पदार्थमा हप्तामा २० रुपैयाँले वद्धि भएपछि ढुवानीलगायत सम्पूर्ण वस्तुमा असर पर्ने भयो । हरेक वस्तुको मूल्य तद्अनुसार नै हुने भयो ।'

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077