Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विपी कोइराला आदर्श मा.वि.का प्रधानाध्यापक सहित २ जना विरुद्ध भष्ट्राचार मुद्दा दायर

काठमाडौं । रौतहटको विश्वेश्वर प्रसाद कोईराला आदर्श मा.वि. जोकाहा, घिउराकाका प्रधानाध्यापक सहित २ जना विरुद्ध भष्ट्रचार मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रधानाध्यापक राकेश कुमार ठाकुर र दिपेन्द्र सर्जिकल पसलका संचालक दिपेन्द्र कुमार झा विरुद्ध भष्ट्रचार मुद्धा दायर गरेको हो ।

उनिहरुले करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग ३ लाख घुस लिइसकेको अवस्थामा पक्राउ परेका थिए ।

प्रधानाध्यापक राकेशले दिपेन्द्र सर्जिकल पसलका संचालक लाई घुस रकम लिन लगाएको बताइएको छ ।

आयोगले दुबैजनालाई तीन लाख रुपैया बिगो मागदावी गरि आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077