Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पोखरा महानगरका प्रमुख, उपप्रमुखसहितका जनप्रतिनिधिद्धारा सपथ ग्रहण

काठमाडौं । पोखरा महानगरपालिकामा निर्वाचित भएका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षलगायत जनप्रतिनिधिले बिहीबार पद तथा गोपनियताको सपथ लिएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा पोखरा सभागृहमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलेको उपस्थितिमा मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले महानगर प्रमुख धनराज आचार्यलाई पद तथा गोपनियताको सपथ गराए।

यसैगरी महानगर प्रमुख आचार्यले उपप्रमुख मञ्जुदेवी गुरुङ, वडाध्यक्ष र वडा सदस्यहरूलाई सपथ गराए।

कार्यक्रममा आचार्यले सुन्दर पोखरालाई सबैले हेर्न चाहेको बनाउनका लागि आफूहरू प्रतिबद्ध रहेकाले यसमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077