Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • सामाजिक सञ्जालमा युवतीको नग्न तस्बिर सार्वजनिक गरी ब्ल्याकमेल गर्ने प्रहरी पक्राउ

    सामाजिक सञ्जालमा युवतीको नग्न तस्बिर सार्वजनिक गरी ब्ल्याकमेल गर्ने प्रहरी पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १३ जेष्ठ २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    जनकपुर । युवतीको नग्न तस्बिर सार्वजनिक गरी ब्ल्याकमेल गरेको आरोपमा धनुषाबाट एक प्रहरी जवान पक्राउ परेका छन् ।

    रौतहटको भवानीपुर गाउँपालिका–४ बस्ने २७ वर्षीय कृष्णकुमार यादव पक्राउ परेका हुन् ।



    बटेश्वर प्रहरी चौकी धनुषामा कार्यरत यादवलाई बुधबार पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट ५ दिनका लागि म्याद थप गरी अनुसन्धान भइरहेको साइबर ब्यूरोका प्रवक्ता एसएसपी नवीन्द अर्यालले जानकारी दिए ।



    अर्यालका अनुसार यादवले युवतीलाई सामाजिक सञ्जालमा साथी बनाई म्यासेज, च्याट, भिडियो कल गर्ने र सोही क्रममा पीडितलाई प्रलोभनमा पारी खिचेका नग्न तस्बिरहरु सामाजिक सञ्जाल ह्वाट्सएप र फेसबुकमा पोस्ट गर्ने गरेको पाइएको छ ।

    साथै, पीडितलाई धाकधम्की दिएको पाइएकाले उनलाई पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार