Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरतपुरकी मेयर रेनु दाहाल चढेको गाडी दुर्घटना, अवस्था खतरामुक्त

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवारी दुर्घटनामा परेकी छन् ।

उनी चढेको गाडी ललितपुरको जावलाखेलमा टायर पन्चर भएर पोलमा ठोक्किएको थियो ।

दुर्घटनामा घाइते भएकी अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

उनको हाल ललितपुरको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ।

उनको टाउकोमा चोट लागेपछि टाँका लगाइएको र अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।

उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडी शुक्रबार जावलाखेलमा दुर्घटना भएको थियो ।

दुर्घटनाबाट गाडीको एक भागमा नराम्ररी क्षति पुगेको छ ।

गाडी गुल्मी घर भइ ललितपुरको हात्तीवन बस्ने अनिल कुमार पाठकले चलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077