Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

खाडलमा लुकाएर राखेको २५ लाख बढी भारतीय रुपैयाँ र सुन बरामद

कैलाली । कैलालीमा प्रहरीले २५ लाख बढी भारतीय रुपैयाँ र सुन बरामद भएको छ ।

जिल्लाको बर्दगोरिया गाउँपालिका-४ सुन्दरपुर दुर्गा चलाउनेको घर नजिक खेतबारीमा र घोडाघोडी नगरपालिका-८ का लालबहादुर थापाको घर नजिक खाडलमा लुकाएर राखेको अवस्थामा नगद र सुन बरामद गरिएको हो।

भारतको विभिन्न स्थानबाट चोरी भएको २५ लाख ६८ हजार भारतीय रुपैयाँ र सुन फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077