Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोलीकाण्डमा मारिएकी शिक्षिकाको पतिको हृदयघातबाट मृत्यु

एजेन्सी । अमेरिकाको टेक्सासको युभाल्डेस्थित एउटा विद्यालयमा भएको गोलीकाण्डमा मारिएका शिक्षिकाहरूमध्ये एकजनाका पतिको सोही वेदनाको कारण हृदयघातबाट मृत्यु भएको छ ।

रोब प्राथमिक विद्यालयमा २३ वर्ष अध्यापन गरेकी इर्मा गार्सियाका पति जोय गार्सियाको हृदयघातबाट मृत्यु भएको हो ।

आफ्नी हजुरआमाको गोली हानेरै हत्या गरेर आएका १८ वर्षीय साल्भाडोर रोलान्डो रामोसले अन्धाधुन्ध गोली चलाउँदा सो विद्यालयका १९ जना बालबालिका र गार्सियासहित दुईजना शिक्षक मारिएका थिए ।

रामोसले दुवै आक्रमणपूर्व आफ्नो फेसबुकबाट आफ्नो योजना सार्वजनिक गरेका थिए । गार्सिया दम्पत्तिको २४ वर्षअघि विवाह भएको थियो । उनीहरूका चारजना सन्तान छन् ।

बिहीबार बेलुकासम्ममा गार्सिया परिवारका लागि अनलाइनमार्फत उठाइएको सहयोग रकम १६ लाख अमेरिकी डलर पुगेको छ । बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077