Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गेटा मेडिकल कलेजका लागि बेकारको आन्दोलन भइरहेको छ : आरजु

धनगढी। प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले कैलालीमा गेटा मेडिकल कलेजका लागि भइरहेको आन्दोलनको कुनै अर्थ नभएको टिप्पणी गरेकी छन् ।

भिडियो सन्देश मार्फत उनले गेटा मेडिकल कलेजको लागि यसै आर्थिक वर्षमा बजेट व्यवस्था हुने आश्वासन दिँदै बेकारको आन्दोलन भइरहेको अभिव्यक्ति दिएकी हुन् ।

उनले गेटा मेडिकल कलेज बारे भइरहेको आन्दोलन सुन्दा अचम्म लागेको समेत बताएकी छन् । ‘गेटामा रहेको क्याम्पस सम्बन्धी विभिन्न टिका टिप्पणी भइरहेको र आन्दोलन समेत भइरहेको सुन्दाखेरि कैलालीमा अचम्म लागेको छ’ उनले भनेकी छन् ।

आफूले चुनावमा समेत यस विषयमा बताउँदै आएको उनले स्मरण गराएकी छन् ।मंगलबार सरकारले ल्याएको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेजको विषय उल्लेख नभए पनि कैलालीमा आन्दोलन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077