Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बालेनको जितलाई पार्टीविरुद्धको आक्रोश भन्न मिल्दैन : कमल थापा

काठमाडौँ। काठमाडौँ महानगर प्रमुखमा बालेन साहको जितलाई पार्टीविरुद्धको आक्रोश भन्न नमिल्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन्।

सामाजिक सञ्जालमा साहलाई बधाइ दिँदै थापाले उनको जित कसैको असफलता वा पार्टीविरुद्धको आक्रोश भन्न नमिल्ने तर्क गरेका हुन्।

काठमाडौँ, धरान, धनगढी लगायतका स्थानमा स्वतन्त्र उम्मेदवारको जितलाई दलहरूमाथि मतदाताको आक्रोश व्यक्त भएको विश्लेषण भइरहँदा थापाको यस्तो भनाइ आएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077