Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाली राष्ट्रिय फुटबल टोली आज टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौँ। आज नेपाली राष्ट्रिय फुटबल टोलीले टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्दैछ । एएफसी एसियन कप छनोटको तयारीमा कतारमा रहेको नेपालको खेल  दोहाको ग्राण्ड हमाद स्टेडियमा नेपाली समय अनुसार राति ९ः ४५ बजे सुरु हुनेछ ।

एसियन कप छनोट अघि दोहामा दुई मैत्रीपूर्ण खेल खेल्दैछ । सोहीअनुसार पहिलो खेलमा टिमोर लिस्टेसँग खेल्न लागेको हो ।

नेपालले जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल्ने तालिका रहेको छ । नेपाली टोली कतारबाटै छनोटका लागि कुवेत जानेछ ।छनोटमा नेपाल  समूह ‘ए’ मा रहेको छ ।

नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077