Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

अवरुद्ध मुग्लिन-नारायणगढ सडक सञ्चालनमा

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६, तोपेखोलामा गुडिरहेको माइक्रोबस र जीपमाथि पहिरो खसेको छ ।

मुग्लिनबाट नारायणगढतर्फ गइरहेको ग१ख ९९०९ नम्बरको यात्रुवाहक माइक्रोबस र प्रदेश३–०१–०२३च ०५३५ नम्बरको कारमाथि आज बेलुका करिब साढे ५ बजेतिर पहिरो खसेको हो ।

पहिरो र पुरिएका गाडीहरू हटाइएपछि बेलुका ७ः२५ बजे दुईतर्फी सडक खुला भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार माइक्रोका चालकको हातमा सामान्य चोट लागेको हो । मानवीय क्षति नभए पनि गाडीमा भने क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077